स्व.नेताहरुको स्मृतिमा नेपाल खेलकुद महासंघ कास्कीको सरसफाई
पाेखरा | साउन ६, २०८०
पोखरा: नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले सचेतना मुलक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस र मदन भण्डारीको ७२ औ जन्म जयन्तीको सन्दर्भमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
सन्देश प्रवाह गर्ने उद्देश्यसहित पोखराको लखनचोकबाट सरसफाई सुरु गरी सभागृह, सृजनाचोक, जिरो किमी हुँदै पोखरा ७ स्थित पुस्पलाल पार्कमा पुगेर समापन गरिएको संयोजक शिवप्रसाद अधिकारीले जानकारी दिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज थममाया थापामगरले सकरात्मक सन्देश प्रवाह गरेको बताइन् ।
उनले राजनीतिको साथमा सामाजिक उत्तरदायीत्व बहन गर्ने खालका रचनात्मक कार्यहरुलाई निरन्तरता दिनसमेत आग्रह गरेकी दिइन् ।
थापामगरले खेलकुद महासंघको सकरात्मक कार्यको अन्य पार्टीका भातृ संगठनले पनि अनुसरण गर्नुपर्ने धारणा राखेकी थिइन् ।
सो सरसफाई कार्यक्रममा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला कमिटिका उपाध्यक्ष तेजनारायण अधिकारी र प्रचारप्रसार विभाग कास्की प्रमुख दर्शन लामा, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन लगायतको सहभागिता रहेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

